बैंक, इन्स्योरेन्ससहित आइएमई ग्रुपले  जाजरकोट भूकम्प पीडितलाइ एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने

बैंक, इन्स्योरेन्ससहित आइएमई ग्रुपले  जाजरकोट भूकम्प पीडितलाइ एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई आइएमई ग्रुपले एक करोड पचास लाख रुपैयाँ राहतस्वरुप सहयोग गर्ने भएको छ। 

ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपद्वारा प्रवर्द्धिधत कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख रुपैयाँ नगद सहयोग रकम प्रदान गर्ने जनाएको हो।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने  जनाइएको छ। 

शुक्रवार राती जाजरकोट जिल्लामा केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो मानवीय एवम् भौतिक क्षति भएको छ। 

सो क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने भएको छ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महाभूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यसपटक पनि उद्धार र राहतमा हर सम्भव सहयोगका लागि जुटेको बताए ।

कात्तिक २०, २०८० सोमबार ०८:०२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।