आजको मौसम : पहाडमा चट्याङसहित हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

आजको मौसम : पहाडमा चट्याङसहित हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्ज/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कात्तिक २०, २०८० सोमबार ०७:२४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।