सुपर ओभरमा पुगेर नेपाल फाइनलमा ओमानसँग पराजित

सुपर ओभरमा पुगेर नेपाल फाइनलमा ओमानसँग पराजित

काठमाडौँ : एसिया कप छनौट चरणको फाइनलमा नेपाल पराजित भएको छ। खेल सुपर ओभरमा पुगेको थियो। ओमानले २२ रनको चुनौती दिएको थियो। नेपालले सो चुनौती पुरा गर्न सकेन। एक विकेट गुमाएर जम्मा १० रन बनायो।

नियमित खेलमा नेपालले चुनौतीपूर्ण चुनौती दिए पनि ओमानका खेलाडीले सो चुनौती सहजै टेके।  एक ओभरमा १८ रनसम्म बनाएको खेल बराबरीमा पुगेपछि निर्णयका लागि सुपर ओभरमा प्रवेश गरेको थियो।

पहिलो खेलमा एक सय ८५ रनको लक्ष्य दिएको थियो नेपालले। बराबरी नै रन बनेपछि निर्णयका लागि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा नेपाली बलर अभिनास बोहोराको कुनै जादु चलेन। २१ दिए। विकेट आएन।

सुपर ओभरमा  नेपालको तर्फबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन झा आए। ओमानका बिलाल खान बलिङमा थिए। पहिलो बलमा कुशल क्याच आउट भए। अनि कुशल मल्ल ब्याटिङमा आए।

दोस्रो बल डट भयो। तेस्रो बलमा एक रन आयो। चौथो बलमा गुलशनले एक रन लिए। पाँचौं बलमा कुशल मल्लले चौका हाने। अन्तिम बलमा चौका लिएर स्कोर १० पुग्यो जुन उपाधिका लागि पर्याप्त थिएन।

कात्तिक १९, २०८० आइतबार १४:३८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।