जाजरकोट भूकम्प पीडितका लागि राप्रपाले २५ लाख सहयोग गर्ने

जाजरकोट भूकम्प पीडितका लागि राप्रपाले २५ लाख सहयोग गर्ने

काठमाडौं : जाजरकोट भूकम्पका पीडितको राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। 

आइतबार सबेको पार्टी पदाधिकारी बैठकले पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको छ।

साथै बैठकले प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोटमा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको संयोजकत्वमा र रुकुम पश्चिममा सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा टोली खटाउने निर्णय समेत गरेको छ। 

कात्तिक १९, २०८० आइतबार १४:०९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।