भूकम्प पीडितलाई एनआईसी एशिया बैंकको ५१ लाख सहयोग

भूकम्प पीडितलाई  एनआईसी एशिया बैंकको  ५१ लाख सहयोग

काठमाडौं : एन आई सी एशिया बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूको उद्दार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा  ५१ लाख रूपैयाँ नगद सहयोग गर्ने भएको छ। 

भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायतका  जिल्लामा भएको ठूलो मानवीय एवम् भौतिक क्षति ठूलो भएको छ।

भूकम्पमा परी घाइते भएकाहरुको उपचार तथा राहतका लागि उक्त रकम सहयोग घोषणा गरेको बैंकले जनाएको छ। 

बैंकले भूकम्पमा परी ज्यान गुमाउनेहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएकाछन्। 

कात्तिक १९, २०८० आइतबार १३:४६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।