सुन र चाँदीको स्मारिका, सिक्का र मेडालियनको बिक्री सुरु
काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ। राष्ट्र बैंक टक्सार महाशाखाले आइतबारदेखि असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको हो।
राष्ट्र बैँकले सुनको १० ग्राम असर्फीको मूल्य १ लाख २ हजार ३ सय ६५ रुपैयाँ तोकेको छ। यस्तै, ५ ग्राम असर्फीको मूल्य ५१ हजार १ सय ८३ र २.५ ग्राम असर्फीकोको २५ हजार ५सय ९२ रुपैँया ताेकेकाे जनाएकाे छ। सुनको असर्फीको मूल्य हरेक दिन परिमार्जन हुनेछ।
त्यसैगरी लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीकाे मेडालियनको मूल्य १६ हजार रुपैयाँ तोकेको छ भने, २५ ग्राम गाई अंकित मेडालियनको मूल्य ४ हजार तोकेको राष्ट्र बैंकले जनाएको छ।
कात्तिक १९, २०८० आइतबार १२:५७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।