विश्वकप छनोटकाे फाइनलमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य
काठमाडौं : टी-२० विश्वकप एसिया छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ।
टियू क्रिकेट मैदानमाटस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए।
त्यस्तै, कुशल भुर्तेलले ३१,सन्दीप जोराले १० तथा करण केसीले २० रन जोडे ।
ओमानका लागि बिलाल खानले तीन विकेट लिए। अकिब इलियसले दुई विकेट तथा जिसन मक्सुदले एक विकेट लिए । ओमानले केहीबेमा ब्याटिङ गर्नेछ।
कात्तिक १९, २०८० आइतबार १२:४४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।