जुम्लामा बिरामी बोकेको अटो दुर्घटना, दुई जनाको मृत्यु एक घाइते

जुम्लामा बिरामी बोकेको अटो दुर्घटना, दुई जनाको मृत्यु एक घाइते
सांकेतिक तस्बिर

जुम्ला : जुम्लामा बिरामी बोकेको अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक जना घाइते भएका छन्।

जिल्लाको हिमा गाउँपालिकाको नाग्म बजारबाट देवरगाउँ जाँदै गरेको अटो बड्की गाउँमा दुर्घटना हुँदा ४५ वर्षीय पदमबहादुर शाही र ४२ वर्षीया वली रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

घाइते भएका नन्द रोकायाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धान भइहेको प्रहरीले जानकारी दिएको छ। 
 

कात्तिक १९, २०८० आइतबार १०:३७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।