राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीको समवेदना सन्देश, भन्छन् : विपद्मा सहयोग गर्न इच्छुक छौं

राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीको समवेदना सन्देश, भन्छन् : विपद्मा सहयोग गर्न इच्छुक छौं

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार रागि गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति समवेदना प्रकट गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्।

चिनियाँ सरकार र जनताको तर्फबाट सीले मृतकहरूप्रति गहिरो समवेदना प्रकट गर्दै, शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

सन्देशमा सीले कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पले ठूलो मानवीय र धनजनको क्षतिले आफू स्तब्ध भएको सीको सन्देशमा उल्लेख छ। 

सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम चाँडै सम्पन्न हुने विश्वास समेत व्यक्त गरेका छन्। 

उनले  आवश्यक विपद्मा सहयोग गर्न चीन इच्छुक रहेको समेत बताएका छन्।

कात्तिक १९, २०८० आइतबार ०८:४७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।