अस्ट्रेलियासँग पराजित भएसँगै साविक विजेता इङ्ल्यान्ड विश्वकपबाट बाहिरियो

अस्ट्रेलियासँग पराजित भएसँगै साविक विजेता इङ्ल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपबाट साविक विजेता इङ्ल्यान्ड बाहिरिएको छ।

शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित हुँदै इङ्ल्यान्ड जारी विश्वकपबाट बाहिरिएको हो। 

यसअघि बङ्गलादेश पनि विश्व कपबाट बाहिरिसकेको छ। 

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २ सय ८६ रन बनाएको थियो। दुई सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्ड ४८ ओभर १ बलमा दुई सय ५३ रन बनाएर अल आउट भयो।

इङ्ल्यान्ड ७ खेलमा २ अङ्क जोडेर प्रतियोगिताबाट बाहिरिएको छ। 

इङ्ग्ल्यान्डलाई हराएपछि अस्ट्रेलियाले ७ खेलमा ५ जितसहित १० अङ्क जोडेको छ। अस्ट्रेलिया अङ्क तालिकाको तेस्रो स्थानमा छ। अब एक खेल जितेमा अस्ट्रेलिया सेमिफाइनल पुग्नेछ।

कात्तिक १९, २०८० आइतबार ०८:३०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।