आजको मौसम : पहाडमा हल्का वर्षा र हिमालमा हल्का हिमपातको सम्भावना

आजको मौसम : पहाडमा हल्का वर्षा र हिमालमा हल्का हिमपातको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जनाएको छ। 

अहिले मुलुकका पहाडी भूभागमा  आंशिक बदली रही  बाँकी भूभागको मौसम सफा छ।

मुलुकका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने विभागले जनाएको छ।

कात्तिक १९, २०८० आइतबार ०८:१३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।