प्राइम कमर्सियल बैंकको नाफामा ३१ प्रतिशतको वृद्धि
काठमाडौं : प्राइम कमर्सियल बैंकको नाफामा ३१ प्रतिशतले वृद्धि भएको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैँकले तीन महिनामा १ अर्ब १५ करोड रूपैयाँ बराबर खुद नाफा कमाएको छ।
जबकि गत वर्षको यस अवधिमा ८७ करोड ४१ लाख रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानीमा आएको वृद्धि तथा लोन लस प्रोभिजनमा आएको कमीले नाफामा उल्लेख्य वृद्धि देखिएको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड रुपैयाँ बराबर रहेकोमा यो त्रैमासमा १ अर्ब ९९ करोड पुगेको छ । फी, कमिसन शुल्कवापतको आम्दानी पनि बढेको छ।
बैंकको लोन लस प्रोभिजन भने २१ करोड ६६ लाख रुपैयाँ छ। गत वर्षको पहिलो त्रैमासमा यो ३८ करोड ८५ लाख रुपैयाँ बराबर थियो । बैंकको समग्र नाफा बढ्दा प्रतिसेयर आम्दानी भने बढेको छ।
बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा छ। यसअघि गत वर्षको यो अवधिमा प्रति सेयर आम्दानी १८ रुपैयाँ ७४ पैसा थियो।
कात्तिक १९, २०८० आइतबार ०८:०५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।