मन्त्रिपरिषद् बैठक बस्दै, भूकम्पपीडितका लागि राहत प्याकेज घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक बस्दै, भूकम्पपीडितका लागि राहत प्याकेज घोषणा गर्ने
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (आइतबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बठकै बिहान ८ बजे सिंहदरबारमा बस्नेछ। 

बैठकले भूकम्प प्रभावितहरूका लागि राहत प्याकेज घोषणा गर्न, प्रभावितहरूको उद्धार, पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डका संयोजक सूर्यकिरण शर्माले बताए ।

भूकम्पबाट अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन्।

कात्तिक १९, २०८० आइतबार ०७:२३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।