धनगढीबाट बाजुरा जाँदै गरेको जीप डोटीमा दुर्घटना, ४ जनाको मृत्यु, ५ घाइते

धनगढीबाट बाजुरा जाँदै गरेको जीप डोटीमा दुर्घटना, ४ जनाको मृत्यु, ५ घाइते

डोटी : डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएको छन्।

धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप आइतबार बिहान साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा दुर्घटनामा परेको हो।  

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

मृत्यु हुनेमा बाजुराको  हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया  राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन्।

घाइते हुनेमा हिमाली गाउँपालिका-५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय  दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल रहेको प्रहरीले जनाएको छ। 

उनीहरू मध्ये विमलाको अवस्था गम्भीर रहेको घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ भने चालक गौमुल गाउँपालिका-४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कात्तिक १९, २०८० आइतबार ०७:०७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।