एनआरएन बद्री समूहले भूकम्प पीडित चार सय परिवारलाई राहत दिने, जम्बो टोली जाजरकोट जाँदै

एनआरएन बद्री समूहले भूकम्प पीडित चार सय परिवारलाई राहत दिने, जम्बो टोली जाजरकोट जाँदै

काठमाडौँ : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) डा बद्री केसीको समूहले भूकम्प पीडित चार सय परिवारलाई राहत सामग्री वितरण गर्ने भएको छ।

भूकम्पले घरबारविहीन भएकाहरूलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्रीसहित अध्यक्ष डा बद्री केसीको नेतृत्वको एक टोली नै प्रभावित क्षेत्र जान लागेको हो।

टोलीमा  अध्यक्ष डा. केसीसहित सो समूहका  महासचिव गौरीराज जोशी, उपमहासचिव प्रवीण गुरुङ, सचिव मनोज गोर्खाली, सह कोषाध्यक्ष अभिमन्यु बस्नेत, एनसीसी यूएईका अध्यक्ष विकास साहीलगायत छन्। सङ्घले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेस, लगाउने न्यानो कपडा, स्यानिटरी प्याडलगायतका सामग्री वितरण गर्ने राहत अभियानलाई संयोजन गरिरहेका  गोर्खालीले बताए। 

यसअघि सङ्घले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो।

कात्तिक १८, २०८० शनिबार २३:०६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।