बलात्कार मुद्धामा धरौटीमा छुटेका अभियुक्तको मुद्दा उच्चले उल्टायो, उच्चले भन्यो 'मार्सललाई थुनामा राख्नु !'

बलात्कार मुद्धामा धरौटीमा छुटेका अभियुक्तको मुद्दा उच्चले उल्टायो, उच्चले भन्यो 'मार्सललाई थुनामा राख्नु !'

दाङ : बलात्कार मुद्दामा धरौटीमा छुटेका मार्सल रोकालाई पुर्पक्षमा थुनामा राख्न उच्च अदालतले आदेश दिएको छ। जिल्ला अदालतले  युवा वैज्ञानिक दाबी गरिएका दांगका मार्सललाई धरौटीमा छाडेको थियो।

जिल्लाको आदेश विरुद्ध पीडित उच्चमा गएका थिए। उच्च अदालत तुलसीपुरले जिल्ला अदालतको आदेश उल्टयाउदै थुनामै राखेर मुद्दा प्रक्रिया अगाडि बढाउन आदेश दिएको उच्च सरकारी वकिल कार्यालयका सह न्यायाधिबक्ता मोहन सागर बस्यालले बताए।

उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बाग्चन्द र अच्युतम कुमार आचार्यको संयुक्त इजलासले मार्सललाई थुनेर मुद्दा प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो।

कात्तिक १८, २०८० शनिबार २२:४८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।