एनसेलले भूकम्प प्रभावित क्षेत्र लक्षित ४० लाखको नि: शुल्क सहयोग योजना ल्यायो

एनसेलले भूकम्प प्रभावित क्षेत्र लक्षित ४० लाखको नि: शुल्क सहयोग योजना ल्यायो

काठमाडौँ : भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि एनसेलले कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ तत्काल सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले शनिवार जारी गरेको विज्ञप्तिमा प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र रुकुम पूर्वमा रहेका ग्राहकहरूलाई ४० लाख रुपैयाँ ब्यालेन्स बराबरको सेवाहरू निःशुल्क उपलब्ध गराइने उल्लेख छ।

देशका अन्य नेटवर्क र विदेशमा कल गर्न, डेटा र एसएमएसमा १५ दिनसम्म सुविधा दिइएको कम्पनीले जानकारी दिएको छ। 

कात्तिक १८, २०८० शनिबार २२:३०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।