जाजरकोट भूकम्प (अपडेट) : मृतकको संख्या एक सय ५७ जना पुग्यो, घाइते १७०

जाजरकोट भूकम्प (अपडेट) :  मृतकको संख्या एक सय ५७ जना पुग्यो, घाइते १७०
फाइल फोटो

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको संख्या एक सय ५७ जना पुगेको छ। 

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ३८ जना गरी एक सय ५२ जनाको मृत्यु भएको हो।

भूकम्पमा परी एक सय ७० जना घाइते भएका छन्। जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७८ जना घाइते भएका हुन्।

घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमार्फत काठमाडौं ल्याइएको छ। अहिले पनि खोज तथा उद्धारको काम जारी छ। 

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। 

कात्तिक १८, २०८० शनिबार १८:०७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।