रुकुमबाट सात घाइतेलाई काठमाडौं ल्याइयो

रुकुमबाट सात घाइतेलाई काठमाडौं ल्याइयो
फाइल फोटो

काठमाडौं : भूकम्पमा परी घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत् ल्याइएका उनीहरूलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको हो।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्र भएर ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पका कारण दुई जिल्ला ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ।

कात्तिक १८, २०८० शनिबार १६:२२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।