जाजरकोटका घाइते काठमाडौं ल्याइने, वीर र ट्रमा सेन्टर राखियो तयारी अवस्थामा

जाजरकोटका घाइते काठमाडौं ल्याइने, वीर र ट्रमा सेन्टर राखियो तयारी अवस्थामा
फाइल फोटो

काठमाडौं : जाजरकोटमा गएराति गएको भूकम्पमा गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि राजधानी काठमाडौं ल्याइने भएको छ। 

भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई तयारी अवस्थामा राखिएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा भूपेन्द्रकुमार बस्नेतले वीर र ट्रमा सेन्टरमा इमर्जेन्सी, अपरेसन थियटर र आईसीयू तयारी अवस्थामा राखिएको जानकारी दिए। 

‘काठमाडौंमा पनि घाइते बिरामी ल्याइदै छ भन्ने सूचना प्राप्त भएपछि वीर र ट्रमा पदाधिकारीसहित आकस्मिक बैठक बस्यौँ र तयारी ग¥यौं’, डा. बस्नेतले भने, ‘ट्रमा सेन्टरमा आकस्मिक कक्षका ३८ वटा बेड खाली गरेका छौं। चिकित्सकलाई तयारी अवस्थामा राखेका छौं। एम्बुलेन्सहरु विमास्थलमा पठाइसकेका छौं।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा वीर अस्पतालका ६ जना चिकित्सक जाजरकोट पुगेर काम सुरू गरिसकेका छन्।

वीर अस्पतालबाट डा. खुश्बु झाको नेतृत्वमा गएको चिकित्सक टोलीले जाजरकोट अस्पताल पुगेर काम सुरू गरेको खड्काले बताए।

कात्तिक १८, २०८० शनिबार १६:०५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।