रुपन्देहीकाे तिलोत्तमाले भूकम्प पिडितलाई १० लाख सहयोग गर्ने

रुपन्देहीकाे तिलोत्तमाले  भूकम्प पिडितलाई १० लाख  सहयोग गर्ने

बुटवल : रुपन्देहीकाे तिलोत्तमा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएकाे छ।

गएराति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले प्रभावित क्षेत्रहरूमा स्वास्थ्यकर्मीसहितको औषधि र सहायता सामग्री पठाएको छ। नगरपालिकामा आज आयोजित आकस्मिक बैठक बसी नगरपालिकाले सो निर्णय गरेको हो।

नगरप्रमुख रामकृष्ण  खाणको अध्यक्षता तथा जागेश्वर देवी चौधरी र कार्यपालिका सदस्यतासहितको उपस्थितिमा बसेको बैठकबाट भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरि मृतकका परिवारमा समवेदना प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। नगरपालिकाले घाइते हरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गरेकाे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।

सो कार्यका लागि जाजरकोट तर्फ जान लागेका स्वास्थ्यकर्मीलाई नगरप्रमुख खाणले आफूले प्रयोग गर्दै आएको गाडी समेत उद्धारकार्यका लागि पठाएका छन्।

जनस्वास्थ्य निरिक्षक  रामेश्वर ढकालसहितको ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, पाल, उद्धार सामाग्री, सहित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई ५/५ लाखका दरले राहत सामग्रीका लागि रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।

उद्धारको टोली नगरपालिकाबाट सामाग्रीसहित दिउँसो प्रस्थान गरिसकेको छ।

कात्तिक १८, २०८० शनिबार १५:२८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।