भूकम्प प्रभावितलाई बुद्ध एयरले एक करोड सहयोग गर्ने

भूकम्प प्रभावितलाई बुद्ध एयरले एक करोड सहयोग गर्ने
फाइल फोटो

काठमाडौं : बुद्ध एयरलाइन्सले भूकम्प पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी बुद्ध एयरले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको हो।

शनिबार दिउँसो ट्विटरमार्फत एक सूचना जारी गर्दै सो एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रूपैयाँ सहयोग दिने निर्णय गरेको जानकारी दिएको छ।

‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन्। भूकम्पले थुप्रै परिवार घरबार विहीन भएका छन्। यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनै पर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

कात्तिक १८, २०८० शनिबार १५:०१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।