जाजरकोट भूकम्प (अपडेट) : मृतकको संख्या १३८ पुग्यो, १६६ घाइते

जाजरकोट भूकम्प (अपडेट) : मृतकको संख्या १३८ पुग्यो, १६६  घाइते

काठमाडौं : जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १३८ पुगेको छ।

गएराति ११ः ४७ बजे ६ दशमलव  ४ म्याग्निच्युडको भूकम्पबाट १६६ जना  घाइते भएका छन्। 

गृह मन्त्रालयका अनुसार जाजरकोटमा एक सय जना र रुकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन्। घाइते जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना रहेका छन्।

घाइतेमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ। २२ जनालाई सुर्खेतस्थित प्रादेशिक अस्पताल रेफर गरिएको छ।

यता रुकुम पश्चिममा घाइतेमध्ये ३० जना डिस्चार्ज भएका छन्। ४० जना उपचाररत रहेका छन्। १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज लगिएको बताइएको छ। 

भूकम्पले ठूलो मानवीय क्षति हुनुका साथै भाैतिक क्षति समेत भएको छ। अहिले सुरक्षा निकायका सबै संयन्त्रसहित परिचालित छन्। सरकारले प्रभावितको उद्धार, खोज र राहतमा सहयोग गर्न सबैमा अपिल समेत गरेको छ। 

कात्तिक १८, २०८० शनिबार १४:३४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।