राहत व्यवस्थापन कोषबाट जाजरकोट र रुकुम पश्चिममा ५/५ करोड रुपैयाँ पठाउने सरकारको निर्णय

राहत व्यवस्थापन कोषबाट जाजरकोट र रुकुम पश्चिममा ५/५ करोड रुपैयाँ पठाउने सरकारको निर्णय

काठमाडौं : सरकारले रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितलाई राहत तथा उद्धारको लागि तत्कालै १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५/५ करोड रुपैयाका दरले रकम पठाउने निर्णय गरेको हो।

अहिलेलाई यो रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पठाउने निर्णय भएको हो। रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ।

गएराति गएको भूकम्पमा परी अहिलेसम्म १३२ जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ। सयौं घाइते भएका छन्। 

कात्तिक १८, २०८० शनिबार १४:१८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।