भूकम्प पीडित राहतको नाममा हुने ठगीबाट जोगिन प्रहरीले सूचना निकाल्यो

भूकम्प पीडित राहतको नाममा हुने ठगीबाट जोगिन प्रहरीले सूचना निकाल्यो

काठमाडौँ : प्रहरीले भूकम्प पीडितको नाममा मागिने सहयोग संस्था र व्यक्तिको आधिकारिता हेरेर मात्र सहयोग गर्न अनुरोध गरेको छ। जाजरकोट केन्द्रविन्दु भएर आएको भुकम्पबाट भएको मानवीय र भौतिक क्षतिको मौका पारेर अनधिकृत व्यक्तिहरूले सहयोग भन्दै पैसा उठाउन थालेपछि प्रहरीले सूचना निकालेर सचेत गराएको हो।

प्रहरीको सूचनामा भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति, सङ्घ संस्थाहरू आधिकारिक हो हैन निश्चित गर्न आग्रह गरेको छ।

इन्टरनेट स्क्यामर र एक्सप्लोइटरहरुबाट समेत समाधान रहन उसले आग्रह गरेको छ।

कात्तिक १८, २०८० शनिबार १४:१२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।