भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको फोन सेवा ५ दिनसम्म निःशुल्क

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको फोन सेवा ५ दिनसम्म निःशुल्क

काठमाडौं : नेपाल टेलिकमले शुक्रबार मध्यराति गएको भूकम्पबाट प्रभावित जिल्लाहरु रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल र एसएमस सेवा निःशुल्क गराएको छ।

भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले शनिबार यस्तो घोषणा गरेको हो। 

यस्तै सो क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराउने घोषणा टेलिकमले शनिबार गरेको छ। 

उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ।

हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु राम्रो सँग सञ्चालनमा रहेको टेलिकमले जनाएको छ।

कात्तिक १८, २०८० शनिबार १३:५१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।