भारतमा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु

भारतमा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु
सांकेतिक तस्बिर

सुर्खेत : भारतमा ट्रकले ठक्कर दिँदा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ।

कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका–७ का एउटै परिवारका पाँच जना नेपालीको मृत्यु भएको हो।

मृत्यु हुनेमा सुर्खेत चौकुने-७ अमला टाकुराका २७ वर्षीय रतन नेवारसहित उनकी श्रीमती २५ वर्षीय अस्मिता, उनका छोरा पाँच वर्षीय मिलन, अर्का छोरा दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता रहेको चौकुने-७ का वडाअध्यक्ष धनिराम धमलाले जानकारी दिए।

मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचार गराइरहेको र उनलाई भेटेर फर्किने बेला ट्रकले ठक्कर दिइएको जानकारी प्राप्त भएको वडाअध्यक्ष धमलाले जानकारी दिए।

मृतक नेवारका परिवार एक वर्षदेखि रोजगारीका लागि भारतमै थिए।

चौकुने घरमा बुढा बुबाआमा मात्रै रहेको जनाइएको छ। बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमलाले बताए।

कात्तिक १८, २०८० शनिबार १३:१८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।