क्यानले विश्वकप छनोटको फाइनल खेलको टिकट बिक्रीबापतको आधा रकम भूकम्प पीडितलाई दिने

क्यानले विश्वकप छनोटको फाइनल खेलको टिकट बिक्रीबापतको आधा रकम भूकम्प पीडितलाई दिने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आइतबार हुने नेपाल र ओमानबीचको फाइनल खेलको टिकट बिक्री बापत प्राप्त हुने रकमको पचास प्रतिशत रकम भूकम्प पीडितलाई दिने भएको छ।

आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आइतबार नेपाल र ओमानबीच फाइनल खेल हुँदैछ।

क्यानले भूकम्पबाट भएको मानवीय तथा संरचनागत क्षतिले आफूलाई अत्यन्त मर्माहत तुल्याएको जनाएको जानकारी दिएको छ। 

भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै क्यानले शोकाकुल परिवारमा समवेदनासमेत प्रकट गरेको छ। 

शुक्रवार राति ११ : ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पमा

परी अहिलेसम्म १३२ जनाको मृत्यु भएको छ। कयौं घाइते भएका छन्। भौतिक संरचनामा समेत व्यापक क्षति भएको छ। 

कात्तिक १८, २०८० शनिबार १२:४३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।