क्रिकेट खेलाडीको एक करोड ५७ लाख रुपैयाँ पुरस्कार निकासा
काठमाडौं : सरकारले विभिन्न समयमा नेपाली क्रिकेट टोलीले खेल जित्दा घोषणा गरेको पुरस्कार निकासा गरेको छ।
तीन वटा प्रतियोगिताको पूर्व घोषित एक करोड ५७ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए।
गएको वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कप एसिया क्षेत्र छनोटको उपाधि र एसिया क्लालिफायरका लागि ४६ लाख तथा आईसीसी विश्वकप लिग-२ का लागि ३२ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार निकासा भएको सदस्यसचिव घिसिङले बताए।]
नेपाल आउँदो वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्व कपमा पनि छनोट भएको छ।
कात्तिक १८, २०८० शनिबार ११:५६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।