जाजरकोट भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि कांग्रेसले ५० लाख दिने

जाजरकोट भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि कांग्रेसले ५० लाख दिने
फाइल फोटो

काठमाडौं : नेपाली काँग्रेसले जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा प्रभावित भएकाहरूको उद्धार, राहत र पुनर्स्थापनाका ५० लाख सहयोग गर्ने भएको छ।

शनिबार काँग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावितकाे उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीले ५० लाख रूपैयाँ दिने घोषणा गरेका हुन्।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्यूडकाे भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति भएको छ। सयौं घाइते भएका छन्।

यस घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै कांग्रेसले यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ/संस्था सबै एक भएर विपत्तिको सामना गर्न सबैमा अपील गरेको छ।

कात्तिक १८, २०८० शनिबार ११:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।