जाजरकोटका सात जना घाइतेलाई प्रधानमन्त्री सवार हेलिकोप्टरमार्फत सुर्खेत लगियो

जाजरकोटका सात जना घाइतेलाई प्रधानमन्त्री सवार हेलिकोप्टरमार्फत सुर्खेत लगियो

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाडका ७ जना घाइते र ७ जना कुरुवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ। 

घाइते तथा कुरुवाहरूको प्रधानमन्त्री सवार हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 

प्रधानमन्त्री प्रचण्ड मेडिकल टिमसहित शनिवार बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए। 

भूकम्पबाट अहिले सम्म १३२ को मृत्यु र १४० बढि घाइते भएको पुष्टि भइसकेको छ। थप विवरण सङ्कलनको कार्य जारी छ। 

कात्तिक १८, २०८० शनिबार ११:१२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।