माओवादी र समाजवादीलाई ल्याएपछि कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री रानामगरले दिए राजीनामा
काठमाडौं : कोशी प्रदेशको मन्त्रिपरिषद विस्तार गर्दै माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदलाई मन्त्री बनाएपछि एमाले सरकारबाट बाहिरिएको छ।
शनिबार बिहान एमालेबाट मन्त्री भएका रामबहादुर रानामगरले राजीनामा दिएका हुन्।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार मात्रै माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका थिए। त्यसप्रति असन्तुष्टि जनाउँदै एमाले सरकारबाट बाहिरिएको हो।
काँग्रेस सांसद कार्की एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पछि काँग्रेस, माओवादी एमालेसहितले विश्वासको मत दिएको थियाे। तर, काँग्रेस र माओवादीले कार्कीलाई मुख्यमन्त्री दाबी गर्दा साथ दिएका थिएनन्।
कार्कीले काँग्रेसका आठ सांसदसहित बाँकी एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेर नियुक्त भएका थिए।
समर्थन गर्दा नै एमालेले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराए आफूहरू सरकारबाट हट्ने सर्त राखेका थिए।
कात्तिक १८, २०८० शनिबार १०:४५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।