प्रदेश अस्पताल सुर्खेतमा १२ जनाको उपचार हुँदै, दुईको अवस्था गम्भिर

प्रदेश अस्पताल सुर्खेतमा १२ जनाको उपचार हुँदै, दुईको अवस्था गम्भिर

सुर्खेत : जाजरकोट र रुकुम पश्चिमका १२ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्र भएर ६ दशमलव  ४ म्याग्निच्युडको भूकम्पबाट घरमा क्षति भइ घाइते भएका रुकुम पश्चिमका ६ जना र ६ जाजरकोटका जनाको उपचार भइरहेको छ ।

रुकुम पश्चिमका तीन वर्षीय एक बालकसहित सात महिला र पाँच  पुरुषको उपचार भइरहेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए।  

एक जना महिला र एक जना बालकलाई बढी चोट लागेको र उनीहरुकाे अवस्था गम्भिर रहेकाे बताइएकाे छ। अन्यको अवस्था त्यति खतरा नभएको निर्देशक खड्काले बताए ।

कात्तिक १८, २०८० शनिबार १०:१६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।