जाजरकोट भूकम्प : घाइतेको उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा आर्मीको मेडिकल क्याम्प तयार

जाजरकोट भूकम्प : घाइतेको उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा आर्मीको मेडिकल क्याम्प तयार

सुर्खेत : नेपाली सेनाको वीरेन्द्रनगर कपासेस्थित कालिबहादुर गणले प्रदेश अस्पताल सुर्खेतमा मेडिकल क्याम्प खडा गरेको छ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडकाे भुकम्पमा परि घाइते भएकाहरुको चाप बढ्ने देखिएपछि मेडिकल क्याम्प खडा गरिएको कालिबहादुर गणका प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए। 

अस्पतालमा आउने घाइतेहरूको चापलाई मध्यनजर गर्दै अस्पतालसँगको समन्वयमा मेडिकल क्याम्प खडा गरिएको उनको भनाइ छ। 

घाइतेको चाप बढेको खण्डमा मेडिकल क्याम्पबाट सेवा दिइने प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बरबहादुर खड्काले बताए। उनका अनुसार प्रदेश अस्पताल हाल २९९ शैयाको छ। 

भूकम्प प्रभावितकाे उपचारका लागि अस्पतालमा औषधी र चिकित्सकको अभाव नरहेको निर्देशक खड्काले बताए। 

भूकम्पमा परी अहिहलेसम्म १९ बालबालिकासहित १२८ जनाको मृत्यु पुष्टि भइसकेको छ। घाइतेहरूको विवरण संकलन जारी छ। मध्यराति भुकम्प गएका मृतक र घाइतेहरूको विवरण बढ्न सक्ने बताइएको छ। 

कात्तिक १८, २०८० शनिबार १०:०९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।