जाजरकोट भूकम्पबाट भारतीय प्रधानमन्त्री मोदी दुखी, भने-सहयोग गर्न तयार छौं

जाजरकोट भूकम्पबाट भारतीय प्रधानमन्त्री मोदी दुखी, भने-सहयोग गर्न तयार छौं

काठमाडौं : शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार मध्यराति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ। 

भारतीय प्रधानमन्त्री मोदीले दुःखको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

कात्तिक १८, २०८० शनिबार ०९:५५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।