भूकम्प प्रभावितकाे उपचारका लागि प्रभावित क्षेत्रतर्फ गयाे लुम्बिनी अस्पतालकाे टोली

भूकम्प प्रभावितकाे उपचारका लागि प्रभावित क्षेत्रतर्फ गयाे लुम्बिनी अस्पतालकाे टोली

बुटवल : जाजरकोट केन्द्रविन्दु भएर गएराती  गएकाे ६.४ म्याग्निच्युडको भूकम्पमा परी घाइते भएकाहरूको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।

मानवीय क्षति न्युनिकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधी लिएर त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले जानकारी दिए ।

भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि अस्पतालमा बिरामी ल्याउनु पर्ने अवस्था आएको खण्डमा समेत सोही अनुसारको तयारी गरिएको मेसु डा. थापाले जानकारी दिए।

अस्पतालका एमडीजीपी डा. सुनील सुनारको नेतृत्वमा ५ जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो।

भूकम्पमा परी हालसम्म १२८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।  १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

कात्तिक १८, २०८० शनिबार ०९:३६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।