कर्णाली सरकारद्वारा उद्धार, राहत तथा पुनर्स्थापनाको काममा जुट्न आह्वान

कर्णाली सरकारद्वारा उद्धार, राहत तथा पुनर्स्थापनाको काममा जुट्न आह्वान

सुर्खेत : कर्णाली प्रदेश सरकारकाे शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारले रुकुमपश्चिम र जाजरकोटमा भूकम्पबाट बढी जनधनको क्षति भएको भन्दै सहयोगका लागि आह्वान गरेको हाे।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धारकार्य तीव्र बनाउने र  राहत सामग्री पठाउने, प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

बेपत्ताहरूको खोज, उद्धार र घाइतेहरूको उपचार व्यवस्थापनका लागि १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहानै हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रतर्फ आएका छन्।

कात्तिक १८, २०८० शनिबार ०९:१७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।