भेरी अस्पताललाई भूकम्प विशेष अस्पताल बनाइयो, कोहलपुर मेडिकल कलेज तयारी अवस्थामा

भेरी अस्पताललाई भूकम्प विशेष अस्पताल बनाइयो, कोहलपुर मेडिकल कलेज तयारी अवस्थामा
फाइल फोटो

काठमाडौं : जाजरकोटमा शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १२८ जनाको मृत्यु पुष्टि भएको छ।

भूकम्पमा परी सयौं घाइते भएपछि उपचारका लागि भेरी अस्पताललाई भूकम्प विशेष अस्पतालमा रुपान्तरण गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय बाँकेले भेरी अस्पताल घाइतेहरूको उपचारका लागि तयारी अवस्थामा रहेको जानकारी दिए। कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ। 

भेरी अस्पताल बाहेक सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको बाँके प्रशासनले जनाएको छ। 

हेलिकोप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र आर्मीको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ।

कात्तिक १८, २०८० शनिबार ०८:४६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।