भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको पौडेलको अपिल

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको पौडेलको अपिल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन्।

विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। 

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। अहिलेसम्म १२८ जनाको मृत्यु पुष्टि भएको छ। १४० जना बढि घाइते भएका छन्। 

कात्तिक १८, २०८० शनिबार ०८:०९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।