भूकम्पबाट देउवा दुखी,  उद्धार-राहतमा खटिन पार्टी कार्यकर्तालाई निर्देशन

भूकम्पबाट देउवा दुखी,  उद्धार-राहतमा खटिन पार्टी कार्यकर्तालाई निर्देशन

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गरेका छन्।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार मध्यराति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठुलो क्षति पुगेको छ।

देउवाले यसबाट आफू दुखित भएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने प्रबन्ध गर्न पनि सरकारसँग अनुरोध गरेका छन्।

सभापति देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली ब्यक्तगर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन्। उनले काँग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनः निर्माणमा जुट्न निर्देशन दिएका छन्। 

कात्तिक १८, २०८० शनिबार ०८:०८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।