स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित जाजरकोट उडे प्रधानमन्त्री प्रचण्ड

स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित जाजरकोट उडे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा उद्धार, खोज र उपचार व्यवस्थानका लागि जाजरकोट उडेका छन्। 

उनी १६ जना स्वास्थ्यकर्मीका टोली र आवश्यक उद्धार सामग्रीसहित शनिबार बिहान त्यसतर्फ उडेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो। 

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो।  

भूकम्प परी  रुकुम पश्चिम र जाजरकोटमा ७३ जनाको मृत्यु पुष्टि भएको छ भने सयौं जना घाइते भएका छन्।   

कात्तिक १८, २०८० शनिबार ०७:२०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।