भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

काठमाडौं : शुक्रवार मध्यराती जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। 

सदरमुकाम खलंगामास्थित घरमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले पुष्टि गरे। 

घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको डीएसपी रोकाले बताए। 

शुक्रवार मध्यरात जाजरकोटमा ६.४ म्याग्निट्यूडको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रवार राति  ११ : ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो।

कात्तिक १८, २०८० शनिबार ०६:५०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।