खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाँदै

खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाँदै
फाइल फोटो

काठमाडौं : भूकम्प प्रभावितको खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैं प्रभावित क्षेत्रमा जाने भएका छन्। 

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४६ मा गएको  ६. ४ म्याग्निच्यूडकाे भूकम्पले अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा मात्रै ७३ जनाले ज्यान गुमाएका छन्। सयौं घाइते भएका छन्। 

खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपीलसमेत गरेका छन्।

कात्तिक १८, २०८० शनिबार ०६:३६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।