जाजरकोट भूकम्प (अपडेट) : ७३ जनाको मृत्यु, सयौं घाइते

जाजरकोट भूकम्प (अपडेट) : ७३ जनाको मृत्यु, सयौं घाइते

जाजरकोट : जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी अहिलेसम मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ।

जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए। 

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिसचन्द्र शर्माका अनुसार जाजरकोटमा मात्र ३७ जनाको मृत्यु भएको पुष्टि भएको र पुष्टि हुन बाँकी थप ४३ जनाको पनि मृत्यु भएको विवरण प्राप्त भएको छ। 

भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए। क्षतिको विवरण संकलनको काम भइरहेको बताइएको छ।

शुक्रवार मध्यरात जाजरकोटमा ६.४ म्याग्निट्यूडको भूकम्प गएको थियाे। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रवार राति ११ : ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो। 

कात्तिक १८, २०८० शनिबार ०६:२२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।