जाजरकोट भुकम्प : खलङ्गा र रुकुम पश्चिममा ११ जनाको मृत्यु

जाजरकोट भुकम्प : खलङ्गा र रुकुम पश्चिममा ११ जनाको मृत्यु
तस्बिर : अर्घाखाची डटकम

काठमाडौँ : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ठुलो जनधनको क्षति भएको प्रारम्भिक विवरणमा देखिएको छ।

हालसम्म ११ जनाको मृत्युको सूचना आएको छ। पश्चिम रुकुम आठबिसकोटको दुई वडामा मात्र १० जनाको ज्यान गएको विवरण आएको छ। 

खलङ्गामा एक जनाको ज्यान गएको छ। क्षति, घर भत्कँदा पुरिएकाको अवस्थाबारे अझैँ विवरण आएको छैन। भूकम्प प्रभावित क्षेत्रमा प्रदेश सरकारले खोज र उद्धारमा सुरक्षाकर्मी परिचालन गरेको छ।

कात्तिक १८, २०८० शनिबार ०२:०४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।