दश वर्षपछि विश्वकप खेल्दै नेपाली टिम
काठमाडौँ : आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल टी-२० विश्वकपमा पुगेको छ। नेपालको यो दोस्रो विश्वकप यात्रा हो।
नेपाल सन् २०१४ मा बङ्गलादेशमा भएको टी-२० विश्वकपमा पुगेको थियो। सो विश्वकपमा नेपालले हङकङलाई र अफगानिस्तानलाई हराए पनि बङ्गलादेशसँग पराजित हुँदै सुपर १० मा पुग्न असफल भयो।
सन् २०१५ मा २०१५ मा ग्लोबल छनोटबाटै बाहिरियो। नेपाल सन् २०१९ को एसिया क्षेत्र छनोटबाटै बाहिरिएकाले सन् २०२१ मा युएई र ओमानमा भएको विश्वकपमा खेल्न पाएन।
अस्ट्रेलियामा सन् २०२२ मा भएको टी-२० विश्वकपका लागि नेपाल ग्लोबल छनोटबाटै बाहिरिएको थियो। सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले हारेको थियो।
कात्तिक १७, २०८० शुक्रबार १५:५०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।