नेपाल टी २० विश्वकपमा छनोट
काठमाडौँ : नेपाल टी २० विश्वकप एसिया क्षेत्र छनोट चरणको सेमिफाइनल जित्दै विश्वकपमा छनौट भएको छ। नेपालले सेमिफाइनलमा युइएलाई आठ विकेटले हराएर टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो।
नेपालको तर्फबाट आसिफ शेखले सबैभन्दा धेरै ६४ रन सहित नट आउट रहे। रोहितकुमार पौडेल ३४ रन बनाउन सफल भए।
आसिफले ५१ बलमा ७ चौका र १ छक्का हानेका थिए। रोहितले २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे।
पहिला बलिङ पाएको नेपालले जितको लागि १ सय ३५ रनको लक्ष्य पाएको थियो। नेपालले १७. १ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गरेका थिए। स्पिनर निलांश केस्वानीको बलमा ठूलो सर्ट खेलेका कुशल भुर्तेल मोहम्मद वासिमबाट ११ रनमा क्याच आउट भएका थिए।
गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरेपछि दोस्रो विकेट गएको थियो। युएईका निलांश केस्वानी र बासिल हामिदले समान एक एक एक विकेट लिएका थिए।
टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो। युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएका थिए। अन्य ब्याट्सम्यान टिक्न सकेनन्।
कात्तिक १७, २०८० शुक्रबार १४:०९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।