मेटलाइफले ल्यायो माई चाईल्ड्स एडूकेशन प्रोटेकशन प्लान

मेटलाइफले ल्यायो माई चाईल्ड्स एडूकेशन प्रोटेकशन प्लान

काठमाडौं : मेटलाइफले यो हप्ता आफ्नो नयाँ बीमा योजना माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान प्रचलनमा ल्याएको छ।

बालबालिकाहरूको भविष्य र सपनाहरू सुरक्षित गर्न मद्दत गर्दै कम्पनीले यो बीमा योजना ल्याएको हो। 

यो बीमा योजना ३१ दिन देखि १५ वर्ष उमेरका बालबालिकाहरुको लागि संरक्षण प्रदान गर्न तयार गरिएको  जनाइएकाे छ।

यस योजनाको उद्देश्य बालबालिकाहरुले जीवनमा जस्तोसुकै चुनौतीहरू सामना गर्नु परे पनि उनीहरूको शैक्षिक आकांक्षाहरूको निरन्तरता सुनिश्चित गर्नु रहेकाे कम्पनीले जनाएकाे छ।

अभिभावक (बीमालेख मालिक)को दुर्भाग्यपूर्ण मृत्युको अवस्थामा, यस योजनाले बीमांक रकमको एक सय प्रतिशत बराबर एकमुष्ठ भुक्तानी प्रदान गर्नेछ।

साथै यसको अतिरिक्त, भविष्यमा भुक्तानी गर्नु पर्ने बीमा शुल्कको छूट तथा बीमा योजनाको बीमांक रकमको २ प्रतिशत बराबरको मासिक आय लाभ समेत प्रदान गर्दछ।

यो बीमालाभले अभिभावकको अनुपस्थितिमा पनि बालबालिका प्रति शैक्षिक जिम्मेवारीहरूलाई साथ दिइरहने कुरा सुनिश्चित गर्दछ।

अभिमावक (बीमालेख मालिक) लाई हुन सक्ने सम्भावित असक्तता, दुर्घटना र घातक रोगहरूविरुद्ध रक्षावरणका लाागि  विभिन्न पूरक करारहरु मध्येबाट छनौट गर्ने विकल्प पनि छ।

न्यूनतम बीमांक रकम दुई लाख ५० हजार  अधिकतम पाँच लाख भएको यो योजनामा १० देखि २५ वर्षसम्मको लचिलो बीमा अवधिहरुमध्ये छनौट गर्न सकिन्छ। 

कात्तिक १७, २०८० शुक्रबार १३:३०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।