पाइलट कुटाकुट प्रकरणमा मन्थली विमानस्थलका प्रमुख निलम्बित

पाइलट कुटाकुट प्रकरणमा मन्थली विमानस्थलका प्रमुख निलम्बित
फाइल फोटो

काठमाडौं : तारा एयरलाइन्सका पाइलटहरूबीच विमानस्थलमै भएको कुटाकुट प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ।

प्राधिकरणले अनुसन्धान नटुंगिएसम्म लागि थापा निलम्बित गरेको जानकारी दिएको छ। 

शुक्रबार बिहान मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बित गरेको थियो। 

निलम्बित हुनेमा तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठ रहेका छन्। 

कात्तिक १७, २०८० शुक्रबार १३:०५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।