रिगललाई बाँके अदालतमा उपस्थित गराइयो

रिगललाई बाँके अदालतमा उपस्थित गराइयो
फाइल फोटो

बाँके : जिल्ला प्रहरी कार्यालय बाँकेले रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराएको छ। 

बाँके प्रहरीका प्रवक्ता एवं डीएसपी नारायण डाँगीले रिगललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराएको बताउँदै अब अदालतले कारागार पठाउने जानकारी दिए। 

सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद कट्टा हुने गरी गरेको सरकारको निर्णय बदर गरेको थियो। 

दालतले तत्काल पक्राउ गरेर बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको  थियाे।

कात्तिक १७, २०८० शुक्रबार १२:४८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।